अर्थ मन्त्रालयमा जडान गरिएको सीसीटीभी फुटेज अब तीन महिनासम्म सुरक्षित रहने

सोमबार, १५ साउन २०८०, ०७ : ५८

काठमाडौं - अर्थ मन्त्रालयमा जडान गरिएको सीसीटीभी क्यामेराको क्षमता वृद्धि गरिएको छ । अर्थ मन्त्रालयमा रहेको सीसीटीभी दृश्यको क्षमता बढाएर अब ९० दिनसम्म सुरक्षित रहने भएको छ । 

मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९र ८० मा कार्य सम्पादित विवरण अनुसार जडित सीसीटीभी क्यामेराको क्षमता बढाइएको छ । यसअघि १५ दिनमै सीसीटिभी भिडियोको फुटेज डिलिट हुने गरेको पाइएको छ ।

यसअघि मन्त्रालयको सीसीटीभीको विषयमा विवाद भएको थियो । पूर्वअर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आर्थिक वर्षको बजेट निर्माणको समयमा अनाधिकृत व्यक्तिको प्रवेश भएको भन्दै  विवाद गरिएको थियो । सो बेला मन्त्रालयले १५ दिनको मात्र दृश्य सुरक्षित गर्दै आएको थियो ।

 त्यस अघिको दृश्य हटिसकेको मन्त्रालयले जानकारी दिएपछि चर्को विरोध भएको थियो । बजेट निर्माण गर्ने समयमा अर्थमन्त्रालयमा केहीँ ब्यापारीसँग साठगाठ गरेर उनीहरुकै फाईदाकै निमिक्त काम गरेको भन्दै पूर्वअर्थमन्त्री शर्माको आलोचना तथा विरोध भएको  थियो ।

सोमबार, १५ साउन २०८०, ०७ : ५८

प्रतिक्रिया