नबिल म्युचुअल फन्डका ४ योजनाको कस्तो रह्यो वित्तीय प्रदर्शन ?

सोमबार, १५ साउन २०८०, ०९ : ४३

काठमाण्डौ- नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असार महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। असारमा इक्विटी फन्डको न्याभ बढेर १०.८१ रुपैयाँ कायम भएको छ।

गत जेठमा यो योजनाको न्याभ १०.३७ रुपैयाँ थियो। यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब २५ करोड रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो १ अर्ब २३ करोड रुपैयाँ थियो। असारमा यो योजनाको कुल नाफा ८ करोड ९९ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल नाफा ३ करोड ५४ लाख रुपैयाँ थियो।

असारमा ब्यालेन्सड् फन्ड २ को न्याभ पनि बढेर १०।९९ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ १०.२४ रुपैयाँ थियो। यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब १३ करोड रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी १ अर्ब ६ लाख रुपैयाँ थियो। असारमा यो योजनाको कुल नाफा १० करोड ४ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल नाफा १ करोड ६० लाख रुपैयाँ थियो।

यसैगरी असारमा ब्यालेन्सड् फन्ड–३ को न्याभ बढेर ९.१४ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ ८.७९ रुपैयाँ थियो। यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ३ करोड रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी ९८ करोड ५९ लाख रुपैयाँ थियो। असारमा यो योजनाको कुल नाफा ७ करोड १४ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल नाफा २ करोड ७२ लाख रुपैयाँ थियो । असारमा फ्लेक्सी क्याप फन्डको न्याभ पनि सामान्य बढेर ९.९० रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ ९.८७ रुपैयाँ थियो। 

 

सोमबार, १५ साउन २०८०, ०९ : ४३

प्रतिक्रिया