एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सोमबार, १५ साउन २०८०, १६ : ०२


 


काठमाडौँ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा आज आम्रपाली व्याक्विट, थिरबम सडक, बालुवाटार, काठमाण्डौंमा सम्पन्न भएको हो ।

सभाले नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम कम्पनीको हाल कायम रहेको चूक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँको १० शेयर बराबर ६।६ शेयर ९६६ प्रतिशत० को अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव सभाबाट सर्वसम्मतिले पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को तुलनामा १.८९ प्रतिशत वृद्धि भई कूल बीमाशुल्क २ अर्व ४१ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० मा २ अर्ब १५ करोड रुपैयाँको कूल दावी भुक्तानी गरेको छ । जुन गत वर्ष २०७८।०७९ मा १ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको कूल दावी भुक्तानी गतवर्ष भन्दा रकममा २१ करोड तथा प्रतिशतमा १०.८३ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

 

सोमबार, १५ साउन २०८०, १६ : ०२

प्रतिक्रिया