काठमाडौं- जन्मदिन मनाउने तौरतरिकामा परिवर्तन आएको छ निरन्तर रुपमा चल्दै आएको आफन्त जम्मा हुने र केक काट्ने परम्पराबाट मान्छेहरु बिस्तारै थप आधुनिक र समयसापेक्ष भएर जन्मोत्सवलाई मनाउन थालेका छन् ।
त्यसमाथि हरेक आमा बुबाहरुलाई आफ्नो बालबालिका को भबिष्यका बारेमा चिन्ता रहनु त स्वभाविक नै भयो नै , तसर्थ आजभोली यस्ता विशेष अवसर पारेर बीमा गरिदिने चलन बढिरहेको छ । खर्च कटौति आफैमा बचत पनि हो । विभिन्न बाहनामा हुने खर्च कटौति गर्ने र त्यस्तो रकम बीमामा बचत गर्दा बचत र जोखिम रक्षावरण दुवै हुने हुँदा यसतर्फ आकर्षित हुने क्रम बढिरहेको छ ।
यसैक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्स कोहलपुर शाखाका एजेन्सी म्यानेजर जानकी गिरीले आफ्नो छोरा मानव खत्रीलाई जन्मदिनको अवसरमा सुर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजनाको पोलिसी उपहार हस्तान्तरण गरिएको छ ।
गिरीले भबिष्यमा शैक्षिक योजनाको लागि छोरालाई जन्मदिनको अवसरमा १० लाख रुपैयाको जीवन बीमा पोलिसी उपहार प्रदान गरेकी हुन् । थोरै थोरै बीमा शुल्क जम्मा गरेर अवधी समाप्तिमा एकमुष्ट पाइने बिमाङ्क रकम र बोनस रकमबाट आजका बालबालिका भोलि किशोर र युवा अवस्थामा पुग्दा आईपर्ने उच्च शिक्षा तथा अन्य खर्चका लागि सहज हुने भएकोले यसतर्फ आकर्षण बढिरहेको छ ।
साथै आफ्नो (प्रस्ताबक) को जीबनमा कुनै भवितव्य घटना भएमा पनि योजना अनुसार बालबालिकाकोे पढाईको जोखिम सुर्यज्योतिले ब्यहोर्ने हुँदा सबैले बच्चाको अनिवार्य बीमा गर्नुपर्ने एजेन्सी म्यानेजर जानकी गिरीले बताईन् ।
प्रतिक्रिया