एलआइसी नेपालको साधारणसभा गत आर्थिक वर्षको नाफा नोक्सानबारे छलफल हुने

बुधबार, १७ साउन २०८०, ०८ : २०

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को साधारणसभा आज बस्ने मिति तय भएको छ । साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा दिउँसो १२ः१५ बजे बस्ने स्रोतले जानकारि दिएको छ। यसअघि दिउँसो ४ बजे मात्रै साधारणसभा गर्ने भनेता पनि विविध कारणवस समय परिवर्तन गरेर १२ः१५ बजे सारिएको छ।  

साधारण प्रयोजनार्थ कम्पनीले  साउन ९ गते बुक क्लोज गरेको थियो।  अर्थात साउन ८ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् । कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । कम्पनीले गत वर्ष भने २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सभामा ४.६५ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ। यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।

बुधबार, १७ साउन २०८०, ०८ : २०

प्रतिक्रिया