काठमाण्डौ- चन्द्रागिरी हिल्सले विभिन्न कार्यक्रमगरि आफ्नो १४औँ वार्षिकोत्सव मनाएको छ।
कम्पनीको व्यवस्थापक समूहले आयोजना गरेको वार्षिकोत्सवमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं सञ्चालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एकदिने कार्यक्रम सञ्चालन गरिएको थियो। समारोहमा कम्पनीका तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधामध्येबाट उत्कृष्ट हुने विजेता तथा उपविजेतालाई कम्पनीका अध्यक्ष ढकालको हातबाट प्रमाणपत्र तथा ट्रफी वितरण गरी हौसला प्रदान गरिएको थियो।
सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका र यस वर्षको अवधिभरिमा सबैभन्दा राम्रो उत्कृष्ट कार्य गरी उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीलाई अध्यक्ष ढकालका तर्फबाट प्रमाणपत्र, चाँदीको लकेट, एक रातका लागि परिवारसहित निःशुल्क रिसोर्ट बस्ने भौचर कुपनसमेत प्रदान गरिएको थियो।
कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुईजना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारीअनुसारको काम गर्न सफल भएका प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई अध्यक्ष ढकालबाट सम्मान गरिएको थियो।
कम्पनी सचिव झलकराज शर्माको सञ्चालन रहेको उक्त कार्यक्रममा कम्पनीका महाप्रबन्धकले स्वागत मन्तव्य राखेका थिए । उपस्थित सम्पूर्ण कर्मचारीलाई शुभकामना दिँदै म्पनीका अध्यक्ष ढकालले पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको चन्द्रागिरीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पहिलो रोजाइको स्थल हुने गरी सेवा प्रदान गर्न अनुरोध गरेका छन् ।
प्रतिक्रिया