कामना सेवा विकास बैंक र तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजबीच मर्चेन्ट सम्झौता

बुधबार, १७ साउन २०८०, ०९ : ३६

काठमाडौं - कामना सेवा विकास बैंक र तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेज प्रा लि बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

 यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले पोखरा स्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

बुधबार, १७ साउन २०८०, ०९ : ३६

प्रतिक्रिया