काठमाडौं- चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौँको टेकुमा बोलिएको छ। एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक श्री प्रल्हाद भुताड र सि. जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष श्री एस. सि. साबुको उपस्थितिमा श्रावन १७ गते यो शोरुमको भव्य उद्घाटन भएको छ ।
एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट-इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हस र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहेका छन् । भुई तल्लाको ११०० वर्ग फिट एरियामा बनेको यस एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।
काठमाडौंको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको छ । दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ । यो शोरुम हप्ताको सातै दिन बिहान १०:०० बजे देखि बेलुका ०७३० बजेसम्म खुल्ला रहने छ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बर ०१-४९१४१७९, ५९१४३७९ हरुमा सम्पर्क गर्न सकिने कुराको जानकारी पनि गरिन्छ ।
काठमाडौंको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप मा ओपेनिङ्ग को विशेष छुट, 0% सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै Product Live Demo र Preventive Maintenance Service (PMS) को पनि व्यवस्था गरिएको छ । त्यसका साथै ग्राहक वर्गको आवश्यक्ता अनुसार निःशुल्क साइट भिजिटको पनि व्यवस्था छ ।
यो सँगै काठमाडौंको टेकुमा खोलिएको यस एलिका ब्रान्डसम अब सि. जी. इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ आ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा विस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।
प्रतिक्रिया