काठमाडौं- नेपाल राष्ट्र बैंकले सह प्रवक्तामा डा.डिल्लीराम पोख्रेललाई जिम्मेवारी सुम्पिएको छ। साउन १७ देखि लागू हुने गरी पोख्रेललाई सह(प्रवक्ता) र सूचना अधिकारीको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ ।
२०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । यसअघि राष्ट्र बैंकको सह९प्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेल थिए ।

प्रतिक्रिया