डेल्टा अटोकर्पको मनसुन स्किमः अर्काषक छुट योजना

आइतबार, २१ साउन २०८०, १३ : २९

काठमाडौँ - भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले मनसुन स्किम ल्याएको छ । यी दुई ब्रान्डका स्कुटर किन्दा सो स्किम अन्तर्गत विभिन्न छुटका साथै अन्य सुविधा समेत उपलब्ध हुनेछ ।

 स्किम अन्तर्गत दुवै ब्रान्डका कुनै पनि स्कुटर किन्दा १० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । त्यसैगरी फाइनान्स मार्फत खरिद गर्न चाहने ग्राहकका लागि ५ प्रतिशत फाइनान्स सुविधामा कर्जा समेत उपलब्ध हुनेछ ।

कुनै पनि पुरानो ब्रान्डको कुनै पनि मोटरसाइकल वा स्कुटरसँग एकसचेन्ज गर्न चाहने ग्राहकका लागि सो मोटरसाइकल वा स्कुटरमा १० हजार रुपैयाँ थप भ्यालुएसन उपलब्ध हुनेछ ।

भेस्पा र अप्रिलिया स्कुटरका साथमा कम्पनीले निःशुल्क रुपमा ब्रान्डेड हेल्मेट समेत उपलब्ध गराउदै आएको छ ।

नेपालमा हाल डेल्टा अटोकर्पले भेस्पाका ९ भेरिएन्ट र अप्रिलियाका ५ भेरिएन्टका स्कुटर बिक्री–वितरण गरिरहेको छ । भेस्पा स्कुटरको मूल्य ३ लाख १ हजार ९४६ देखि ४ लाख ४४ हजार ४४६ रुपैयाँ सम्म तथा अप्रिलिया स्कुटरको मूल्य २ लाख ७८ हजार ९०० देखि ४ लाख ६५ हजार रुपैयाँ सम्म रहेको छ ।

आइतबार, २१ साउन २०८०, १३ : २९

प्रतिक्रिया