सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्ट नेपाल प्रा.लि बीच सम्झौता

सोमबार, २२ साउन २०८०, १३ : ०५

काठमाडौँ-  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाकुरी फेदी, ललितपुर स्थित ट्रिबोन्स रिसोर्ट नेपाल प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ट्रिबोन्स रिसोर्ट नेपालमा १०५ सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 
 

सोमबार, २२ साउन २०८०, १३ : ०५

प्रतिक्रिया