किन परे ३ वाणिज्य बैंक कारबाहीमा ?

सोमबार, २२ साउन २०८०, १४ : ०७

काठमाडौँ - नेपाल राष्ट्र बैंकले नियम मिचेकोमा ३ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ। 

राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो। प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जारनिक्षेप अनुपात कायम नगरेकोमा केन्द्रीय बैंकले कारबाही गरेको हो।

राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं। २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं.१५/०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २९क०बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ। 

यसैगरी कुमारी बैंकले २०७९ माघ महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेको ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ जरिवाना गरिएको छ। 

हिमालयन बैंकलाई पनि २०७९ कात्तिक महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेकोमा १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना गरिएको छ। 

सोमबार, २२ साउन २०८०, १४ : ०७

प्रतिक्रिया