महालक्ष्मी बैंकको वित्तिय विवरण सार्वजनिक

सोमबार, २२ साउन २०८०, १४ : ४३

काठमाडौँ - महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  बैंकले ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

यो नाफा अघिल्लो वर्षको भन्दा ४७.९५% ले थोरै हो। अघिल्लो वर्ष बैंकले ९० करोड ४७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको थियो। यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ०.४५ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ४२.५७ प्रतिशतले घटेको छ। 

इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो। यसअवधिमा बैंकको वितरणयोग्य नाफा पनि १९.९३% ले घटेर ३३ करोड ६३ लाख रुपैयाँमा झरेको छ। बैंकको निक्षेप संकलन २०.१८ प्रतिशत र कर्जा लगानी ६.९५ प्रतिशतले बढेको छ। यसको खराब कर्जा २.४३ प्रतिशतबाट बढेर ३.५१ प्रतिशतमा आएको छ। 

महालक्ष्मीको प्रतिसेयर आम्दानी घटेर ११ रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेको छ। गत वर्ष प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५६ पैसा (वार्षिक) रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा छ। 

सोमबार, २२ साउन २०८०, १४ : ४३

प्रतिक्रिया