विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

शुक्रबार, २६ साउन २०८०, ०७ : ०८

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   


आज डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा र बिक्री दर १४६ रूपैयाँ २६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

शुक्रबार, २६ साउन २०८०, ०७ : ०८

प्रतिक्रिया