नक्कली प्रमाणपत्रधारी धितोपत्र बोर्डमा पनि छन् सेबोनका पूर्वअध्यक्ष: सुरवीर पौड्याल

शनिबार, २७ साउन २०८०, ०७ : १०

काठमाण्डौ- नक्कली प्रमाणपत्र बनाएको आरोपमा सांसद सुनील शर्मालगायत केही डाक्टर पक्राउ परेपछि मुलुक फेरि यो विषयले चर्चा पाएको हो। 

तर, नक्कली प्रमाणपत्रका आधारमा मेडिकल क्षेत्रमा मात्रै नभएर अन्य सरकारी सेवामा थुप्रै प्रवेश गरेको घटना बेला–बेला सुनिँदै आएको छ।

यहीबेला नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्वअध्यक्ष सुरवीर पौड्यालले आज आफ्नो फेसबुक स्ट्याट्समा डाक्टरमात्रै किन रु कर्मचारीहरु पनि थुप्रै नक्कली सर्टिफिकेटवाला छन् भन्ने कुरा लेखेका छन्। ‘एकजना त नेपाल धितोपत्र बोर्डमा पनि थियो र भारतबाट उसको सर्टिफिकेज नक्कली भएको प्रमाणित भएर अख्तियारमा आयो पनि’, पौड्यालले लेखेका छन्, ‘तर, राजनीतिक शक्तिको आडमा उसको जागिर जागियो। उसले अझै जागिर खाँदैछ कि सेवा निवृत्त भएर गयो जानकारी छैन।’

पूर्वअध्यक्ष पौड्यालको यो स्ट्याट्सले अहिले सेबोनभित्र तरंग मच्चिएको छ। पौड्यालले भनेजस्तै सेबोनभित्र अझै पनि नक्कली प्रमाणपत्रधारी कर्मचारीहरु कार्यरत रहेको स्रोतको भनाई छ ।
surbir

शनिबार, २७ साउन २०८०, ०७ : १०

प्रतिक्रिया