काठमाण्डौ- सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासमा ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरण अनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९८.६६ प्रतिशतले कम हो।
अघिल्लो वर्ष यहीँ अवधिमा संस्थाले ३ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। संस्थालाई २ करोड ६१ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष ४ करोड ५८ लाख सञ्चालन मुनाफा भएको थियो।
समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ९ करोड ३६ लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा २०.०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी ११ करोड ७१ लाख रुपैयाँ थियो।
खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा राख्नुपर्ने रकम बढेर २ करोड ६७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ६ हजार रुपैयाँ छुट्याएको थियो। ४९ करोड ७५ लाख रुपैयाँ सापटी लिई १ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष ७३ करोड २ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार १७.५३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ९ करोड ८ लाख रुपैयाँ रहेको रिजर्भको आकार घटेर ७ करोड ४८ लाख रुपैयाँमा खुम्चिएको छ। चुक्तापुँजी १४ करोड ५२ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ०.२८ रुपैयाँमा खुम्चिएको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १५१.५८ रुपैयाँ रहेको छ।
प्रतिक्रिया