काठमाडौँ - खल्तीले ई–स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई–स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ टुर्नामेन्टको रजिस्ट्रेसन सुविधा उपलब्ध गराएको छ। सो रजिस्ट्रेसन सुविधा साउन २४ गतेदेखि साउना ३० गतेसम्मका लागि उपलब्ध गराइएको छ।
साउन ३० देखि सुरु हुने यस टुर्नामेन्टमा डोटा २, पबजी, स्ट्रिट फाइटर र ई–फुटबल गरी ४ वटा गेम छन्। ई–स्पोर्ट्स गेमिङमा रुचि भएका र खेल्न इच्छुक जोसुकैले पनि खल्तीमार्फत रजिस्ट्रेसन गरी निःशुल्क सहभागिता जनाउन सक्नेछन्। प्रतियोगीले गेमको नियमहरुमा सीमित रहेर प्रतिस्पर्धा गर्नेछन्।
सहभागीमध्ये डोटा २ र पबजीतर्फ १–१ टिमका साथै स्ट्रिट फाइटर र ई–फुटबलतर्फ १–१ प्रतिस्प्रधी नेसनल क्वालिफायरका विजेता बन्नेछन्। क्वालिफायरका विजेताहरु साउदी अरेबियामा हुने अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स गेमिङ टुर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘हामीले ‘खल्ती’ लाई डिजिटल वालेटका रुपमा मात्र नभएर ट्रेन्डी र लाइफ स्टाइल ब्रान्डका रुपमा प्रस्तुत गर्दै आइरहेका छौँ। हामीले आफ्ना प्रयोगकर्तालाई आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न विभिन्न कार्यक्रमको रजिस्ट्रेसन सुविधा पनि उपलब्ध गराउँदै आएका छौँ। त्यसैअनुरुप हामीले यस ई–स्पोर्ट्स गेमिङको दर्ता सेवा उपलब्ध गराएका हौँ। यस सुविधाले खल्ती प्रयोगकर्तामा थप उत्साह प्रदान गर्नेमा हामी विश्वस्त छौँ।’
आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै हालसालै ध्क्ष्त्क्ब् न्यिदब िक्ष्ललयखबतष्यल ७ त्भअज भ्हअभििभलअभ ब्धबचमक द्दण्द्दद्द बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा रुपान्तरण भएको छ। सम्पूर्ण नेपालीमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र अन्य थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया