काठमाडौँ - सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९र८० को अपरिस्कृत वित्तीय विवरण प्रकासित गरेको छ । बैंकले चौथो त्रयमासमा उल्लेखनीय प्रदर्शन गर्दै आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको छ ।
प्रकासित वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा रु. ३ अर्व १९ करोड खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा रु. २८ करोड ७६ लाख अर्थात् ९.९१५ को वृद्धि हो । बैंकको वितरणयोग्य नाफा रु. ७९ करोड ५७ लाख रहेको छ । यस वर्षको नाफावाट रु. १ अर्व ४६ करोड ऋणपत्रको लागि पूंजि फिर्ता जगेडा कोषमा विनियोजन गरेको कारण वितरणयोग्य नाफामा कमी देखिएको हो । फलस्वरुप प्रकासित वित्तीय विवरणमा ५.६५५ लाभांश वितरण गर्ने क्षमता देखिए तापनि सो कोषमा छुट्टाइएको रकमलाई समायोजन गर्दा बैंकको वास्तविक वितरणयोग्य नाफा १६५ रहेको देखिन्छ । बैंकले जारी गरेको ऋणपत्रको लागि आफ्नो नाफावाट प्रत्येक वर्ष निश्चित रकम विनियोजन गर्नपर्ने हुन्छ र यसरी विनियोजीत रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई बोनस शेयरको रुपमा वितरण गर्न सकिन्छ ।
यसर्थ, हाललाई वितरणयोग्य नाफा गणना गर्दा उक्त रकम वितरणयोग्य नाफावाट घटाइए तापनि ऋणपत्र परिपक्व भए पछि पूंजि फिर्ता जगेडा कोषमा विनियोजीत रकम शेयरधनीलाई नै लाभांशको रुपमा वितरण गर्ने गरिन्छ । तसर्थ बैंकको वास्तविक वितरणयोग्य नाफा रु. २ अर्व २५ करोड अर्थात १६५ देखीन आउछ । यसरी विनियोजन गरेको रकमले बैंकको पूंजी तथा जगेडा कोष मजबुत बनाउदछ । २०८० असार मसान्तमा बैंकको चुक्ता पूंजि रु. १४ अर्व ८ करोड रहेको छ भने जगेडा कोष रु. ११ अर्व ३७ करोड रहेको छ । बैंकको इक्विटि रु. २५ अर्व ४६ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षमा रु. २१ अर्व ५९ करोड रहेको थियो । बैंकले यस आर्थिक वर्षमा मात्रै रु. ३ अर्व ८६ करोड अर्थात् १७.९५ ले इक्विटि वृद्धि गर्दै बैंकलाई थप मजबुत बनाएको छ ।
बैंकले कर्जा नोक्सानी व्यवस्था वापत इम्पेयरमेन्ट चार्ज अन्तर्गत रु. १ अर्व १२ करोड यस वर्ष मात्रै खर्च लेखांकन गरेको छ । यसका वाबजुत पनि बैंकको खुद व्याज आम्दानी र शुल्क तथा कमिशन आम्दानीमा भएको वृद्धिले गर्दा खुद नाफा रु. २९ करोडले वृद्धि भएको छ । बैंकको खुद व्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा भन्दा करिब २४५ अर्थात रु. १ अर्व ५८ करोडले बढेर रु. ८ अर्व १७ करोड आर्जन गर्न सफल भएको छ । त्यसै गरी गत आर्थिक वर्षमा खुद शुल्क तथा कमिशन आम्दानी करिब १२५ (रु. १४ करोड) ले वृद्धि भई रु. १ अर्व ३६ करोड कमाएको छ । बैंकको खुद व्यापारिक आम्दानी तथा अन्य संचालन आम्दानीमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको छ । यस अन्तर्गत मुख्यतया विदेशी विनिमय सम्बन्धीत आम्दानी तथा शेयर लगानी गर्दा प्राप्त हुने लाभांश आम्दानी पर्दछ ।
गत आर्थिक वर्षको एघार महिनामा देशको आयातमा १६५ ले कमी आएको छ र यसले गर्दा बैंकको विदेशी विनिमय सम्बन्धीत आम्दानीमा प्रभाव पारेको देखिन्छ । त्यस्तै, देशको पूंजी बजारमा परेको प्रभावले गर्दा बैंकको लाभांश आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको छ । बैंकको कर्मचारी तथा अन्य संचालन खर्च रु. ३४ करोडले वृद्धि भए तापनि संचालन मुनाफा करिब रु. ४२ करोड (१०५)ले वृद्धि भई रु.४ अर्व ६८ करोड आर्जन गरेको छ । बैंकले चौथो त्रयमासमा उल्लेखनीय प्रदर्शन गर्दै अघिल्ला तीन त्रैमाससम्म आर्जन गरेको खुद नाफाभन्दा चौथो त्रैमासमा मात्र आर्जन गरेको खुद नाफा बढि रहेको छ ।
बैंकले गत आर्थिक वर्षमा ग्राहकको निक्षेपमा रु. ३२ अर्व १० करोडले उल्लेख्य वृद्धि गरी रु. २२३ अर्व ६५ करोड पु¥याउन सफल भएको छ । गत आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १२.२५ ले वृद्धि भएको छ भने सिद्धार्थ बैंकको गत आर्थिक वर्षमा १६.७६५ ले वद्धि भएको देखिन्छ । बैंकको कर्जा तथा सापट सामान्य २.२८५ ले वृद्धि भई रु. १८९ अर्व २१ करोड पुगेको छ । बैंकले आफ्नो १९६ शाखा संजाललाई प्रभावकारी ढंगले परिचालन गरी उक्त वृद्धि हासिल गर्न सफल भएको छ ।
प्रतिकूल बजार अवस्थाका कारण बैंकको निष्कृय कर्जामा केही वृद्धि भई २.०१५ पुगेको छ जुन गत आर्थिक वर्ष १.०७५ रहेको थियो । अघिल्लो तेस्रो त्रैमासमा ३.९५५ रहेको निष्कृय कर्जा अनुपातमा उल्लेख्य सुधार गर्दै १.९४५ ले कमी आएको छ । बैंकको गैर बैंकिङ्ग सम्पत्ति रु. ६५ करोड पुगेको छ जुन गत आर्थिक वर्ष रु. २१ करोड मात्र रहेको थियो । गैर बैंकिङ्ग सम्पत्ति सकार गरेको कारणले पनि बैंकको निष्कृय कर्जामा कमि आएको हो ।
खुद नाफामा भएको वृद्धिले गर्दा बैंकको प्रति शेयर आम्दानी वृद्धि भई रु. २२.६४ पुगेको छ भने पूंजिमा प्रतिफल (रिटर्न अन इक्विटि) १३.५६५ रहेको छ जुन गत आर्थिक वर्षको १३.८२५ को तुलनामा झिनो अन्तरले घटेको देखिन्छ । बैंकको प्रति शेयर नेटवर्थ रु. १८०.७३ छ । सोही अवधिमा बैंकको पूंजिकोष अनुपात १२.५३५ रहेको छ । निक्षेपमा भएको वृद्धि संगै बैंकको कर्जा निक्षेप अनुपात ७७.१६५ रहेको छ र कोषको लागत ७.८२५ रहेको छ । उक्त अवधिमा बैंकको आधार दर ९.९१५ रहेको छ ।
बैंकले International Finance Corporation -IFC_ वाट वैदेशिक ऋण वापत रु. ५ करोड ५० लाख अमेरिकी डलर प्राप्त गरेको छ जुन उक्त संस्थाले नेपालमा प्रदान गरेको रकम हाल सम्मकै उच्च हो । हालै मात्र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघद्धारा बैंकलाई लगातार दोस्रो पटक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डवाट सम्मानीत गरेको छ र यसको साथै दक्षिण एसियाली एकाउन्टेन्टस् संघले आयोजना गर्ने दक्षिण एसियाली राष्ट्रहरुमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रतिस्पर्धाको लागि छनौट भई नेपालको तर्फवाट प्रतिनिधित्व पनि गर्नेछ । यसले बैंकको पारदर्शिता तथा सुशासन सबल रहेको थप प्रमाणित गर्दछ ।
प्रतिक्रिया