समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन गर्न ९ जना सर्टलिस्ट

सोमबार, २९ साउन २०८०, १४ : ०२

काठमाडौँ- नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापन गर्न ९ जना सर्टलिस्ट गरेको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभाग छनोट समितिको सचिवालयले ९ जनाको नाम सर्टलिस्ट गरेको हो । 

समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङको व्यवस्थापन समूहका संयोजक र सदस्य छनोट गर्ने सिलसिलामा प्रकाशित सूचनाका आधारमा दरखास्त पेश हुन आएका स्वीकृत उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्ययोजना एवम् सोको प्रस्तुतीकरण समेतबाट ९ जना छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तलको सूचनामा उल्लेख गरिएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि उपस्थित हुन अनुरोध गरेको छ । सर्टलिस्टमा परेका उम्मेदवार नागरिकता, शैक्षिक योग्यता र अनुभवका सक्कल प्रतिसहित तोकिएको मिति र समयमा यस छनोट समितिको सचिवालय, बालुवाटार, काठमाडौंमा उपस्थित हुनुपर्नेछ । साथै, तोकिएको मिति र समयमा उपस्थित नहुने उम्मेदवारका लागि पछि कुनै व्यवस्था नगरिने समेत राष्ट्र बैंकले जनाएको छ ।

सूचना हेर्नुहोस् स्नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापन गर्न ९ जना सर्टलिस्ट गरेको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभाग छनोट समितिको सचिवालयले ९ जनाको नाम सर्टलिस्ट गरेको हो । 

प्रतिक्रिया