ग्लोबल आइएमई बैंकको आकर्षक ब्याजदर , कुन खातामा कति ?

विहीबार, ३२ साउन २०८०, १० : २७

काठमाडौं- ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

बैंकले भदौ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर बढाएर सावृजनिक गरेको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । 

त्यस्तै, रेमिट्यान्स बचतमा ९.९६६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर पुर्याएको छ ।

 यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

global-ime-interest

विहीबार, ३२ साउन २०८०, १० : २७

प्रतिक्रिया