नयाँ व्यवस्थापन सहित सञ्चालन हुदैँ टाइगर प्यालेस रिसोर्ट

विहीबार, ३२ साउन २०८०, १६ : ४६

काठमाडौँ- तिलोत्तमा नगरपालिका, भैरहवा, रुपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्टलाई अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सेयर लगानी गरी सञ्चालन गर्दै आएको थियो । सो अष्ट्रेलियन कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनोव्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो। रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार जना नेपालीलेप्रत्यक्ष रोजगारी पाएका थिए र यसले नेपाल सरकारलाई करोडौं रुपैयाँ राजस्व समेत तिर्दै आएको थियो ।

कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विबादको कारण केही वर्षदेखि
रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन र यो रिसोर्टले करोडौं रुपैयाँ घाटा व्यहोदै आएको थियो। रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दै गएको थियो । रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाए पछि हामी विदेशमा बस्ने केही गैर आवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सवै शेयरहरु खरिद गरेका छौं । सिल्भर हेरिटेज गु्रपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र हामी गैरआवासीय नेपालीहरुले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक मार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्ट्र्ेलियन कम्पनीको सवै शेयर खरिद गरेको हुंदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको छ । अव नयाँ व्यवस्थापन सहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको छ । 


 

विहीबार, ३२ साउन २०८०, १६ : ४६

प्रतिक्रिया