आज थप ५०० पर्यटक नेपाल आउँदै

शनिबार, ०२ भदौ २०८०, १२ : १९

काठमाडौं - बंगलादेशबाट शनिबार थप ५०० पर्यटक नेपाल आउँदै छन्।  

यसअघि शुक्रबार २०० पर्यटकको टोली नेपाल भ्रमणमा आइपुगेको थियो। नेपाल भ्रमणमा आएको बङ्गलादेशी पर्यटकको टोलीलाई नेपाल पर्यटन बोर्डका सदस्यले बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। 

शुक्रबार शुरु भएको अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन उनीहरू नेपाल आएका हुन्। सम्मेलन सकिएलगत्तै नेपालका प्रमुख पर्यटकीय गन्तव्य घुम्ने उनीहरूको योजना  छ। पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

शनिबार, ०२ भदौ २०८०, १२ : १९

प्रतिक्रिया