साउदी अरेबियाको दमाममा नियमित उडान गरिने

शनिबार, ०२ भदौ २०८०, १७ : ४७

काठमाडौँ - नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा उडानका लागि टिकट बुकिङ खुल्ला गरेको छ ।

आफ्नो १३ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा दमाममा नियमित उडान गर्न लागेको निगमले आजदेखि नै टिकट बुकिङ खुल्ला गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

निगमले काठमाण्डौ–दमाम–काठमाण्डौ रुटमा आउँदो २० गतेदेखि सिधा उडान शुरु गर्दै छ ।

शुरुमा बुधवार र शनिवार गरी हप्ताको दुई दिन सिधा उडान गर्ने र आवश्यकता अनुसार पछि थप गर्दै जाने निगमको सूचनामा उल्लेख छ ।

साउदी धेरै नेपालीहरु रोजगारीको लागि जाने गन्तव्य हो ।

शनिबार, ०२ भदौ २०८०, १७ : ४७

प्रतिक्रिया