ग्लोकल टीन हिरोका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

सोमबार, ०४ भदौ २०८०, १८ : २४

काठमाडौँ - गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२३ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देशभरिका किशोर किशोरीहरुबाट  कुल  ६८१ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ। किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरु माझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो नेपाल’ को यो नवौं संस्करण हो। हरेक बर्षझैँ यस वर्षपनि सेप्टेम्बर १, २०२३ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।
ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः

-   आर्यन सिग्देल, १७, शिक्षक र अभियन्ता, तनहुँ
-   अतिथ अधिकारी, १७, सामाजिक उद्यमी, बाँके
-    माधव खनाल, १८, लेखक, लमजुङ
-    निराजन रिमाल, १८, विज्ञान उत्साही, काठमाडौं
-    प्रीति पन्थ, १८, सामाजिक अभियन्ता, गुल्मी
-    श्रुति तिवारी, १८, वातावरण अभियन्ता, धनुषा

शीर्ष २० किशोरकिशोरीहरूबाट उनीहरुको कामको सुरुवात, दिगोपन र प्रभावको आधारमा अन्तिम ६ प्रतिस्पर्धीकोे छनोट निर्णायक टोलीद्वारा भएको हो। यस बर्षको निर्णायक टोलीमा कोका–कोला कम्पनी नेपालका देश निर्देशक आदर्श अवस्थी, नेपालका लागि ग्ल्ज्ऋच् प्रतिनिधि क्यारोलिन स्पन्नुथ वर्मा, ज्योति गु्रपका निर्देशक   सौरभ ज्योति, गोल्छा गु्रप प्रा. लिका निर्देशक सीमा गोल्छा र युनिसेफ नेपालका प्रतिनिधि हुनुहुन्छ । 

यस बर्ष पनि अन्तिम ६ प्रतिस्पर्धीहरुले क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन जहाँ उनीहरूले उद्योगका शीर्ष कर्पोरेट व्यक्तित्वहरू र प्रशिक्षकहरूसँग अन्तरक्रिया गर्ने मौका पनि पाउनेछन्। सेप्टेम्बर १ मा निर्णायकहरूको प्यानलद्वारा आन्तिम ६ प्रतिस्पर्धींको व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२३ को बिजेता घोषणा गरिने छ।

एसएमएस भोटिंग राउन्ड अगस्ट २१, बेलुका ५ बजेदेखि अगस्ट ३१ , ५ बजेसम्म खुल्ला रहनेछ, जसले गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको विजेता छनोटमा पनि योगदान गर्नेछ। प्रतिस्पर्धीहरूलाई भोट गर्न, तपाईंको मनपर्ने फाइनलिस्टको भोटिंग कोड ३५००१ मा एसएमएस गर्न सक्नु हुनेछ। फाइनलिस्टहरूका लागि भोटिङ कोडहरू यसप्रकार रहेका छन्।

-    आर्यन सिग्देल– GTH<space>AS  टाइप गरी ३५००१ मा एसएमएस पठाउने
-  अतिथ अधिकारी– GTH<space>AS टाइप गरी ३५००१ मा एसएमएस पठाउने
-    माधव खनाल - GTH<space>AS टाइप गरी ३५००१ मा एसएमएस पठाउने
-    निराजन रिमाल– GTH<space>AS टाइप गरी ३५००१ मा एसएमएस पठाउने
-   प्रीति पन्थ– GTH<space>AS टाइप गरी ३५००१ मा एसएमएस पठाउने
-    श्रुति तिवारी– GTH<space>AS टाइप गरी ३५००१ मा एसएमएस पठाउने

हरेक बर्षझैँ यो वर्षपनि सेप्टेम्बर १, २०२३ मा गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोे नेपाल अवार्ड कार्यक्रम सोल्टी होटेल काठमाडौँमा आयोजना गरिनेछ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ। 

 

सोमबार, ०४ भदौ २०८०, १८ : २४

प्रतिक्रिया