जस्मिन पेन्ट्सको नयाँ योजना सार्वजानिक

बुधबार, ०६ भदौ २०८०, १४ : ३७

काठमाडौँ-  जस्मिन पेन्ट्सले ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना सार्वजनिक गरेको छ । 

आउँदै गरेका चाडपर्वहरुमा थप खुशी प्रदान गर्ने उदेश्यका साथ भदौ १ गतेदेखि १५ गतेसम्मका लागि ग्राहक लक्षित ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना लागु गरिएको कम्पनीको भनाइ छ । 
 यस योजनामा सहभागी हुन ग्राहकहरुले नजिकैको डिलरहरुबाट कम्तिमा ७५ हजारको भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरुको खरिद गर्नुपर्नेछ । त्यसपछि सोबापत एक लक्की ड्र कुपन प्राप्त गर्न सकिनेछ । 

 विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । जस अन्तर्गत ४०० जना ग्राहकहरुले बिभिन्न उपहार प्राप्त गर्न सक्नेछन् ।  त्यसमा १ जनाले Yamaha Ray Z Cooter, , ७ जनाले रेड्मी १२ स्मार्ट मोबाइल फोन, २० जनाले स्मार्ट वाच, ४५ जनाले DHI 2.8 ltr इलेक्ट्रिक राईस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।   ‘यस अफरले हाम्रो उत्पादनले अझ बढी ग्राहक महानुभावहरुको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ’, कम्पनीले भनेको छ ।  

बुधबार, ०६ भदौ २०८०, १४ : ३७

प्रतिक्रिया