काठमाडौँ- नेपाल प्रहरीअन्तर्गत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुर्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ।
कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलका तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्यांकनस्वरुप प्रशंसापत्र प्रदान गरको हो। मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा। मनोजकुमार केसीले प्रशंसापत्र प्रदान गरेका थिए।
एनसेलले सामाजिक उत्तरदायी संस्थाका रुपमा सुरक्षा र अन्य सरकारी निकायलाई कानुनबमोजिम आवश्यक सहयोग प्रदान गर्दै आएको छ। एनसेलले सुरक्षित समुदाय र समाज विकासमा सहयोग पुर्याउदैँ आएको छ।
एनसेलले ‘यो सम्मान समुदाय र जनताको हितका लागि कम्पनी काम गर्न प्रतिबद्ध रहेको छ भन्ने प्रमाण भएको’ जनाएको छ। नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो।
प्रतिक्रिया