सेल्स समिटः ११ संस्था र १० व्यक्ति विभिन्न विधामा अवार्डबाट सम्मानित

शनिबार, ०९ भदौ २०८०, १२ : ३४

काठमाडौँ - सन् २०१६ देखि हरेक वर्ष ग्रोथ सेलर्स प्रालिको भगिनी संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गर्दै आइरहेको सेल्स समिटको सातौँ संस्करण सेल्स समिट २०२३ ‘स्टेयइङ अहेड इन डिफिकल्ट टाइम्स’ थिमअन्तर्गत आज काठमाण्डौमा सम्पन्न भएको छ। 

एकदिने सम्मेलनको उद्घाटन Kamalabai Educational & Charitable Trust, Mumbai, India का Founder  एवं Chairman तथा Mumbai Dabbawaala का पूर्व  Executive Officer Dr. Pawan Agrawal ले उद्घाटन गरेका थिए।

नेपालमा व्यापार व्यवसाय को क्षेत्रमा केही समयदेखि चलिरहेको मन्दीको वर्तमान परिप्रेक्षमा सेल्स प्रोफेस्नललाई विद्यमान चुनौतीहरुको सामना एवं समाधान गर्दै सकारात्मक रूपमा अघि बढ्नका लागि आवश्यक ज्ञान, सीप एवं प्रेरणा प्रदान गर्ने मूलभूत उद्देश्यसहित सञ्चालित यस कार्यक्रममा निम्न उल्लेखित डिस्कोर्सहरू समाविष्ट थिए।

Open photo

सेल्स र मार्केटिङमा उत्कृष्ट कार्य सम्पादन गर्दै नेपाली व्यावसायिक क्षेत्रमा सकारात्मक दृष्टान्त प्रस्तुत गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने पावन उद्देश्यसहित यस वर्षदेखि कार्यक्रममा अवार्डस सेरोमनी पनि समाविष्ट गरिएको थियो। यसअन्तर्गत कार्यक्रममा ११ संस्था तथा १० व्यक्तिलाई सेल्स र मार्केटिङ का विभिन्न विधामा अवार्डबाट सम्मानित गरिएको थियो।

अवार्डबाट सम्मानित हुन हुने व्यक्ति तथा संस्था

Open photo

शनिबार, ०९ भदौ २०८०, १२ : ३४

प्रतिक्रिया