घटबढ भएन सुनको भाउ, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, १० भदौ २०८०, ११ : ०८

काठमाडौँ- नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ। 

 आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार पनि सुनको भाउ स्थिर रहेको थियो। यो दिन पनि प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। 

आइतबार, १० भदौ २०८०, ११ : ०८

प्रतिक्रिया