हकप्रद सेयर निष्कासन गर्दै बरुण हाइड्रोपावर

आइतबार, १० भदौ २०८०, १६ : ०९

काठमाडौँ- बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ। 

विद्युत नियमन आयोगले बरुण हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको स्वीकृति प्रदान गरेको हो। आयोगको भदौ ७ गते बसेको बैठकले बरुण हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ। 


कम्पनीले अब हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिका लागि निवेदन पेस गर्नेछ। 

धितोपत्र बोर्डबाट अनुमति पाएमा यो कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री खुलाउनेछ।

आइतबार, १० भदौ २०८०, १६ : ०९

प्रतिक्रिया