६० हजारसम्म नगद छुट सहित टारो मोटरसाइकलले ल्यायो दशैं अफर

सोमबार, ११ भदौ २०८०, ०७ : २५

काठमाडौंः टारो मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी ओ ओम मोटोकर्प प्रालिले दशै, तिहार तथा छठ अफर सार्वजनिक गरेको छ । 

योसँगै टारो फेस्टीभ अफर ल्याउने पहिलो कम्पनी बन्दै इटालियन प्रबिधको मोटरसाइकल तथा स्कुटर कम्पनी टारोले ६० हजार रुपैयाँसम्मको नगद छुटसहितको फेस्टीभ अफर सार्वजनिक गरेको हो ।

यो स्कीममा ग्राहकले टारो मोटरसाइकल तथा स्कुटरमा मोडल अनुसार २० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकले फाइनान्स तथा एक्सचेन्ज सुबिधामा समेत नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

उपत्यका भित्रका ग्राहकहरुले ५ प्रतिशत ब्याजदरमै १८ महिने किस्ता सुविधामा साथ आफुलाई मन परेको ब्रान्डको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

सो फाइनान्सिङ अफरलाई सरल तथा सहज बनाउन कम्पनीले उपत्यका भित्रका लागि ‘तपाईंको बजार’ सँग सम्झौता गरेको बताएको छ । हाल कम्पनीले टारो ब्रान्डका भेरिएन्टका मोटरसाइकल र दुई भेरिएन्टका स्कुटर विक्री गर्दै आएको छ ।

सोमबार, ११ भदौ २०८०, ०७ : २५

प्रतिक्रिया