वार्षिकोत्सवमा पञ्चकन्या ग्रुपको रक्तदान कार्यक्रम

सोमबार, ११ भदौ २०८०, १८ : १९

काठमाडौँ - विगत वर्षहरुमा झैँ यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औँ वार्षिकोत्सव मनाउने सिलसिलामा आज रक्तदान कार्यक्रम गरेको छ। 

पञ्चकन्या गु्रपको ललितपुरको कृष्णगल्लीस्थित केन्द्रीय कार्यालयमा नेपाल रेडक्रस सोसाइटी ललितपुर र रक्त सञ्चार केन्द्र पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा ग्रुपका सञ्चालक, केन्द्रीय कार्यालय तथा ग्रुपअन्तर्गतका सिस्टर्स कन्सर्न उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आबद्ध अन्य व्यक्ति गरी सहभागीमध्ये जम्मा ३३ जनाले रक्तदान गरेका थिए।

 पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ।

 

सोमबार, ११ भदौ २०८०, १८ : १९

प्रतिक्रिया