आइएमई पे र कान्तिपुर सिनेमासबीच सम्झौता

मंगलबार, १२ भदौ २०८०, १६ : ३१

काठमाडौँ - नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले कान्तिपुर सिनेमाससँग एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ। 

यो सम्झौताअन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ। कान्तिपुर सिनेमास एक ओटीटी प्लेटफर्म हो। जहाँ विभिन्न चलचित्र तथा चलचित्रको शृंखलालाई स्ट्रिमिङ सेवा प्रदान गरिन्छ।

 आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन्।

आइएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्द्धित सेवाहरुका माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ।

मंगलबार, १२ भदौ २०८०, १६ : ३१

प्रतिक्रिया