काठमाडौं- रोयल इनफिल्डले दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले नोभेम्बर १ मा नयाँ जेनेरेशन बुलेट ३५० र हिमालयन ४५० सार्वजनिक गर्ने तयारी गरेको हो ।
यी दुई मोटरसाइकल सार्वजनिक हुने मिति अगावै तस्वीर बाहिर आएको छ । कम्पनीले नयाँ मोटरसाइकल सार्वजनिक हुने १ महिना अघि नै तस्वीर सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याउने हिमालयन ४५० कम्पनीकै हिमालयन ४११ बाट अपग्रेड गरिएको मोटरसाइकल रहेको छ । भारतीय बजारमा सर्वाधिक रुचाइएको एड्भेन्चर मोटरसाइकल अझै पावरफुल इन्जिनमा आएको हो ।
विभिन्न समयमा परीक्षणमा देखिएको हिमालयन ४५० फुल ब्ल्याक कलरमा देखिएको छ । यसलाई कम्पनीले कुन कुन कलर अप्सनमा ल्याउँछ भन्ने जानकारी बाहिर आएको छैन् ।
हिमालयन ४५० मा ४५० सीसी इन्जिन रहेको छ । यो इन्जिनले ३५ पीएस पावर र ४० एनएम टर्क जेनेरेट गर्ने अनुमान गरिएको छ । हिमालयन ४११ ले २४।३ पीएस र ३२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरका साथै स्लिपर असिस्ट क्ल्चल हुने अनुमान गरिएको छ ।
हिमालयन ४५० को फ्रन्टमा २१ र रियरमा १७ इन्चको ह्वील दिइएको छ । यसको दुवै चक्कामा डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस उपलब्ध छ ।
त्यस्तै, नयाँ जेनेरेसन बुलेटमा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर(आयल कुल्ड, लंग–स्ट्रोक इन्जिन रहेको छ । उक्त इन्जिनले २० बीएच पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियर बक्स दिइएको छ ।
कम्पनीले यसको इन्जिनमा नयाँ ट्युन गरेर ल्याएको छ । नयाँ इन्जिन रिफाइल र टर्कि नेचरको रूपमा चिनिने छ भने यसको गियर चेन्जमा पनि निकै सुधार गरिएको छ ।
नयाँ बुलेट सिंगल पिस र स्पोक रिमको साथमा आउने छ । यसको लाइटिङ एलिमेन्ट्स भने क्लासिक ३५० बाट नै लिइएको छ । इन्स्ट्रुमेन्ट क्लस्टर, एनालग, स्पीडोमिटर र फ्युल गेजको लागि डिजिटल रिडआउट डिस्प्ले दिइएको छ जुन रेगुलर मोडलको जस्तै छ ।
प्रतिक्रिया