सिजी मोटोकर्पको सबै गाडीमा दशैं स्कीम सुरु

बुधबार, १३ भदौ २०८०, १६ : ३६

काठमाडौं-  सुजुकीका कारको आधिकारीक बितरक सिजी मोटोकर्पले आफ्नो सबै गाडीमा दशैं स्कीम सुरु गरेको छ । कम्पनीले केही महिना भित्रै बजारमा ल्याएको ४ नयाँ मोडललाई अगाडि राखेर दशैं स्कीम सार्वजनिक गरेको हो ।

विगतमा जस्तै कम्पनीले ‘सुजुकी पर्वोत्सव’ नाम दिएर स्कीम ल्याएको छ । यस स्कीममा ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस र बीमा पाउन सक्नेछन् । कम्पनीले दशैंकै लागि आफ्ना गाडीमा ग्राहकलाई स्कीम दिएको हो ।


दशैं आउन झण्डै २ महिना अगाडि नै बाहिर आएको स्कीम निकट भविष्यमा हुन लागेको नाडा अटो शो २०२३ लाई लक्षित गरेर ल्याएको सहजै अनुमान लगाउन सकिन्छ । कम्पनीले एक लाख नगद छुट, एक लाखसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बीमा शुल्क छुट दिने घोषणा गरेको हो ।

सिजी मोटोकर्पले एकदमै छोटो अन्तरालमा नयाँ ब्रेजा, ब्राण्ड न्यू मोडल ग्राण्ड भिटार, जिम्नी र फ्रोङस जस्ता एसयूभी नेपाल ल्याएको छ । कम्पनीको ब्रेजा सर्वाधिक बिक्री हुने मोडल हो भने जिम्नीले धेरै मानिसलाई आकर्षित गर्दै आएको छ ।

कम मूल्यका गाडीमा अलग पहिचान बनाएको सुजुकी अब भने एसयूभी सेग्मेन्टमा बलियो बन्दै गएको छ ।

बुधबार, १३ भदौ २०८०, १६ : ३६

प्रतिक्रिया