आज अमेरिकी डलर सहित अन्य मुद्राको विनिमय दर कति ?

शुक्रबार, १५ भदौ २०८०, ०६ : ४४

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ७२ पैसा र बिक्री दर १४४ रूपैयाँ ३८ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६६ पैसा र बिक्री दर १६८ रूपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

शुक्रबार, १५ भदौ २०८०, ०६ : ४४

प्रतिक्रिया