नेपाल इको प्यानल ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त गर्न सफल

आइतबार, १७ भदौ २०८०, १५ : ०२

काठमाडौँ - नेपाल इको प्यानल प्रालि नेपाल सरकारले दिने ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। 

इको प्यानललाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग त्रिपुरेश्वर काठमाण्डौबाट दिइने ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त भएको हो।

 पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफ १८ बमोजिम इको प्यानल नेपाल प्रालि चाँंगुनारायण नगरपालिका वडा नं २ भक्तपुर नेपालले वर्ग १९ अन्तर्गत प्रमाणपत्र दिइएको उद्योग विभागको पत्रमा उल्लेख छ। प्रमाणपत्रको अवधि ७ वर्षको रहने प्रमाणपत्रमा जनाइएको छ। त्यसपछि पुनः नवीकरण गर्नुपर्ने पनि त्यसमा उल्लेख गरिएको छ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० इन्जिनियर कृष्णभक्त दुवालले नेपाल इको प्यानलले क्रमशः लोकप्रियता कमाउँंदै गएसँंगै ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त हुन सफल भएको बताए। उनले इको प्यानलका निर्माण सामग्री देशैभरि बिक्रीवितरण थालेको जानकारी पनि गराए। नेपाल इको प्यानल निर्माण सामग्रीको क्षेत्रमा अग्रस्थानमा रहेको निर्माण सामाग्री भएको उनले उल्लखे गरे।

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालका रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म डिलरहरुमार्फत यसले आफ्नो उत्पादन देशैभरि विक्रीवितरण गर्दै आएको छ। 

हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्भव हुनलगायतका अनेक विशेषताले यो निर्माण सामग्रीले लोकप्रियता कमाउँदै आएको छ।  

 

आइतबार, १७ भदौ २०८०, १५ : ०२

प्रतिक्रिया