‘हेलो सरकार’ सेवालाई व्यवस्थित रुपमा २४ घण्टा सञ्चालन गर्ने

सोमबार, १८ भदौ २०८०, १० : ०२

आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गरी विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई निरन्तता दिनुभएको छ । 

हेलो सरकार २४ घण्टा सञ्चालन गर्ने गरी सेवाको शुभारम्भ भएको छ । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेको कार्यक्रममा आइतबारबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइवर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ।

हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले उक्त सेवाको शुभारम्भ गर्दै जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन् ।

सोमबार, १८ भदौ २०८०, १० : ०२

प्रतिक्रिया