जङ्गल,जडीबुटी र पानीलाई सदुपयोग गरे नेपाल आर्थिक रूपमा माथि पुग्छः मन्त्री किराती

३ हप्ता अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् ।

उनले संसारका जनतालाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गरे ।

मन्त्री किरातीले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिकरूपमा धनी, ठूलो र सुन्दर रहेको बताए । संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपतिनाथ, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको उनको भनाइ थियो ।

नेपालको जङ्गल, जडीबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिकरूपमा धेरै माथि पुग्ने उनको भनाइ थियो । उनले मुलुकमा गीतसङ्गीतको क्षेत्रबाट योगदान पुर्याउने स्रष्टालाई राज्यले सम्मान गर्ने बताएका छन् । 

३ हप्ता अगाडि

प्रतिक्रिया