नेपाल एयरलाइन्सको नियमित सिधा उडान दमाममा

विहीबार, २१ भदौ २०८०, १८ : ०२

काठमाडौँ -  नेपाल वायुसेवा निगमले बिहीबारदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको छ । 

 उडान तालिका अनुसार काठमाडौंबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु रहेका थिए भने फर्कदा ११७ जना यात्रु रहेका थिए ।
 
 काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ । 
        
 यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइटमा लगइन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सकिनेछ ।  यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।
 

विहीबार, २१ भदौ २०८०, १८ : ०२

प्रतिक्रिया