अरबानिया माइक्रो बसको बुकिङ खुला

शुक्रबार, २२ भदौ २०८०, ०७ : ४३

काठमाडौँ- नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शोमा भारतमा अत्याधिक माग रहेको साथै नेपालमा सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिच्छित फोर्स कम्पनीको अरबानिया माइक्रो बसको अनावरण तथा बुकिङ खुला गरी बिक्रीवितरण शुभारम्भ गरिने भएको छ। 

यस बस नेपालमा आयातीत माइक्रोबसहरुमध्येमा सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको छ भने कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ। विषेशतः पर्यटन तथा होटेल व्यवसायी, टुर्स एन्ड ट्राभल्स, ठूला कम्पनी, कूटनीतिक निकाय, सरकारी तथा गैरसरकारी संस्थाका लागि यो माइक्रोबस उपयुक्त हुने देखिन्छ। यो माइक्रोबस विश्वप्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ।   

ज्ञटढघण्छटज्ञठद्धकबनबचmबतजब।नषज्ञटढघद्धडज्ञज्ञद्दद्दलष्अि।िनषअरबानिया सुरक्षाका दृष्टिकोणले सम्पूर्ण रेटिङहरुमा अब्बल मानिएको छ। ड्युल एअरब्यागयुक्त यस गाडीमा एरोडाइनामिक क््रयास एन्ड रोलोबर प्रोटेक्सन,  डबल स्कीन बडी कन्सट्रक्सन, स्टाइलीस डीआरएल हेड ल्याम्प, न्यु ट्रान्सफर लिफ, ट्रिपल एसी सिस्टम, अलराउन्ड भिजिबिलिटी स्क्रिन, टेलिस्कोपिक स्टेरिङ, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दुवैका लागि चार्जिङ पोर्टको व्यवस्था भएको, सेन्ट्रलडोर लकिङ विथ रिमोट किलेस इन्ट्री, हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर, कोल्यापसिबल स्टेरिङ कोलुमजस्ता अत्याधुनिक विषेशताहरु यस बसमा रहेको छ। यसका साथै लेटेस्ट जेनेरेसनको एबीएस तथा ईएसपीजस्ता अन्य आधुनिक सुरक्षा प्रणालीसमेत जडान भएको छ।

आकर्षक र सुविधा सम्पन्न माइक्रोबस भएकाले एकपटक यात्रा गरेपछि पुनः यात्राका लागि रोजाइमा पर्ने कम्पनीको भनाइ रहेको छ। स्लाइडिङ डोरसहितको तीन ढोकायुक्त यो बसमा १४ र १८  सिट क्षमतामा उपलब्ध छन् भने यसमा अतिआरामदायी रिक्लाइनिङ सिटहरु रहेका छन्। 

सहज इन्ट्री र एक्जिट, पर्याप्त बुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागि फ्रन्ट बम्पर डिजाइन, कुनै दुर्घटना भइहालेमा पनि हेड इन्जुरी कम होस् भन्नका लागि त्यहीअनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरिएको छ। यस गाडीमा ठूलो सिंगल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ।

यस बसको सुरुआती मूल्य ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ। यो मूल्य केही समयका लागिमात्र लागू हुनेसमेत कम्पनीले जनाएको छ। 

यसका साथै नाडा अटो शोमा बुकिङ गर्नेहरुका लागि आकर्षक छुट सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ। फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानमा डिलर तथा सर्भिस सेन्टर छन्।

 

शुक्रबार, २२ भदौ २०८०, ०७ : ४३

प्रतिक्रिया