नाडा अटोशोलाई लक्षित गर्दै गाडी बिक्रेता कम्पनीहरुले नयाँ नयाँ विद्युतीय गाडी भित्र्याइरहेका छन् । यो पटकको नाडा अटोशोमा आधा दर्जन नयाँ गाडी ब्रान्ड हुने अनुमान गरिएको छ ।
इभि गाडी भित्रिने क्रम जारी रहँदा सर्वाधिक रेन्ज दिने विद्युतीय एसयूभीको नयाँ ब्रान्ड नेपाली बजारमा सार्वजनिक भएको छ । नाडा अटोशोका लागि लक्षित गरेर ल्याइएको स्काइवेल ब्रान्डको ईटी फाइभ विद्युतीय एसयूभी नेपालमा उपलब्ध मध्ये सर्वाधिक रेन्ज दिने विद्युतीय एसयूभी हुने भएको छ । स्काइवेल ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।
नेपालका लागी स्काइवेल ब्रान्डको आधिकारीक वितरक जी मोटर्सले ल्याएको यो गाडी नेपालमै सबैभन्दा बढी माइलेज दिने इभि बनेको छ । स्काइवेल ईटी फाइभमा ८५।९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल,टर्की र रसियालगायत ४८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। स्काइवेल इटी–५ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ,इन्टेलिजेन्ट इन्जोइमेन्ट,इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर इभी प्ल्याटफर्ममा बनेको कम्पनीको भनाई छ ।
प्रिमियम क्याटागोरी प्रदान गरिएको यो विद्युतीय एसयुभीको टप स्पिड १ सय ६० प्रतिघन्टा रहेको छ । प्यानारोमिक सनरुफ,आक्रमक लुक्स, लग्जरी इन्टिरियर यो गाडीको मूख्य बिशेषता हो। जी मोटर्सले स्काइवेल इटी–५ को मूल्य १ करोड ९ लाख रुपैयाँ निर्धारण गरेको छ। कम्पनीले बुकिङसमेत खुल्ला गरिसकेको छ ।
प्रतिक्रिया