बीवाइडीको डल्फिन ह्याचब्याक नेपालमा सार्वजनिक

सोमबार, २५ भदौ २०८०, १६ : २२

काठमाडौं-  चिनियाँ इलेक्ट्रीक सवारीसाधन उत्पादक बीवाइडीको डल्फिन ह्याचब्याक नेपालमा सार्वजनिक भएको छ ।

बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले आज नक्साल शोरुमा एक कार्यक्रम गर्दै नेपालमा डल्फिन ह्याचब्याकको बिक्री सुरु गरेको हो । साइमेक्स इंकका अनुसार डल्फिनको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेर बिक्री खुला गरिएको छ ।

ह्याचब्याक सेग्मेन्टमा आएको बीवाइडी डल्फीनमा ४४।९ किलोवाट आवर ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।अल न्यू ई–सिक्सको जस्तै यसमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ । यसको लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम र उचाइ १५७० एमएम रहेको छ ।

यसमा १६ इन्चको अलोय ह्वील भएको डल्फिनले ६० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ भने ७ किलोवाटको एसी चार्जरले घरायसी बिजुलीबाट चार्ज गर्न सकिन्छ ।डल्फिनको सिधा प्रतिस्पर्धा हिजो मात्रै सार्वजनिक भएको एमजी–४ कारसँग हुनेछ ।

सोमबार, २५ भदौ २०८०, १६ : २२

प्रतिक्रिया