नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नेपालमै पहिलोपटक इलेक्ट्रिक गाडी तथा टु-ह्विलर ‘नाडा ईभी एक्सपो’ काठमाण्डौको भृकुटीमण्डमा आजबाट सुरु हुने भएको छ।
२६ गतेदेखि ३१ गतेसम्म प्रदर्शनीमार्गको भृकुटीमण्डप परिसरमा आयोजना हुन गइरहेको "नाडा अटो एक्सपो २०२३" मा सहभागी हुने कम्पनीहरू छनौट भएको छ। नाडा अटो एक्सपोमा सहभागी हुने सबै फर्मरकम्पनीहरूले समान अवसर प्राप्त गरुन् भन्ने उद्देश्यले लक्की ड्रमार्फत स्टलहरूको वितरण गर्दै आएको नाडाको भनाई छ।
नाडा अटो एक्सपो २०२३ मा विगतमाभन्दा उत्साहजनक रूपमा अटोमोबाइल कम्पनीहरू सहभागी हुने नाडाले जनाएको छ। प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ। नाडा अटो एक्स्पो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणबाट आयोजना हुन सकेको थिएन। चार वर्षपछि हुन गइरहेको एक्स्पोमा कम्पनीहरूको चासो पनि बढेको देखिन्छ। नाडाले गत वर्ष भने "नाडा इभी एक्सपो २०२२०" सम्पन्न गरेको थियो।
अवलोकनकर्ताहरूले यस प्रर्दशनीमा विद्युतीय सवारी साधनहरू लगायत चार वर्षपछि हालसम्मका नयाँ मोडलका गाडीहरू अवलोकन गर्न पाउनेछन्। यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडलका सवारीसाधनहरू र त्यसमा प्रयोग हुने टायरट्युब, लुब्रिकेन्ट्स, स्पेयर पार्टस्, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवम् ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरू उपलब्ध हुन्छन्।
प्रदर्शनीमा कुल ८२ वटा स्टलहरू रहने नाडाले जनाएको छ। त्यसैगरी सो प्रदर्शनीमा अटोमोबाइल व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्स जस्ता कम्पनीहरू समेतको उल्लेख्य रुपमा सहभागिता रहनेछ। विभिन्न कारणले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय अब केही चलायमान हुने अपेक्षा नाडाले राखेको जनाएको छ।
त्यसैगरी यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड मेनजमेन्ट सर्भिस प्रा।लिले गर्ने भएको छ। नाडा अटो एक्सपो २०२३ मा सहभागी हुने अटोमोबाइल कम्पनीहरूले आफ्ना नयाँ मोडलका सवारी साधनहरूको बिक्रीका लागि विभिन्न छुट र सुविधा सहितका प्याकेजहरू समेत दिनेछन्। प्रदर्शनीमा एक लाखभन्दा बढीले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा नाडाको छ। कार्यक्रमको तयारी अन्तिम चरणमा भएको तर वर्षाको कारण समस्या देखिएको आयोजकको भनाई छ ।
प्रतिक्रिया