अत्याधुनिक सुविधा सहित कौशलटारमा यामाहाको नयाँ सोरुम

मंगलबार, २६ भदौ २०८०, ०९ : १०

नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले कौशलटार भक्तपुरमा सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।

सोरुममा  ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने छ । यस सोरुममा बेटर कस्टमर एक्सप्रेसन्स अनुभव गर्नुको साथै छिटो र पर्सनालाइज वान टु वान सर्भिस प्रदान गरिने जानकारी गराइएको छ ।

एमएडव्लू ग्रुप अफ कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिजका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सनालिटी सुरज सिंह ठकुरी र अभिनेत्री प्रियङ्का कार्कीले सोमबार भव्य समारोहबीच सोरुम संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

यामाहा नेपालका लागि सीईओ राजु क्षेत्रीका अनुसार आफूहरूले कौशलटार भक्तपुरमा यामाहा ब्लु स्वायर सोरुम खोल्न पाउँदा अत्यन्तै हर्षित रहेको बताएका छन्। यो पनि सबैभन्दा ठुलो र सबैभन्दा सुविधाजनक सोरुम मध्ये एक हो ।

मंगलबार, २६ भदौ २०८०, ०९ : १०

प्रतिक्रिया