नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्य गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम नवराज कोइराला र प्रभु बैंकका तर्फबाट सीबीओ रेनुप्रसाद पान्डेले हस्ताक्षर गरेका छन्।
२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ। यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ। वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर ईभी चाहिँ इन्डोनेसियालगायत विश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो।
सम्झौताअनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ। वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो। सिटी ड्राइभिङका लागि उपयुक्त उक्त इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३०० किलोमिटरसम्मको रेन्ज दिन्छ।
रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरणसमेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।
वज्र ग्रुप ३१ वर्ष पुरानो व्यापारिक घरना हो। कम्पनीले नेपाली बजारमा छिटै अर्को नयाँ मोडेल वुलिङ बिंगो फोर डोर ईभी पनि नेपाली बजारमा लन्च गर्ने तयारी गरिरहेको कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर एनके शरदले जानकारी गराए।
यो वुलिङ एयर ईभी कार खरिद गर्ने ग्राहकलाई नेपालभरि उपलब्ध गराउने सुविधा छ। काठमाण्डौको नक्साल, भैँसेपाटी र भक्तपुरमा आधिकारिक शोरुमबाट बिक्री भइरहेको छ। नेपालभरि रहेको ५१ भन्दा बढी नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसनबाट सजिलै छिटो चार्ज गर्न मिल्नेछ। यो इन्डोनेसियाबाट आयात गरेको संसारको बलियो सिटी कार हो।
प्रतिक्रिया