एलआईसी नेपालका सेयरधनीहरुको हात यसपालि पनि खालि

मंगलबार, २६ भदौ २०८०, १२ : ३९

काठमाडौँ - लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

 उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेस गर्ने निर्णय भएको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिए। 

‘उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएको छ’, गिरीद्वारा जारी सूचनामा उल्लेख छ। 

एलआईसी नेपालले आर्थिक वर्ष २०७७–७८मा पनि लाभांश वितरण गरेको थिएन। 

 

मंगलबार, २६ भदौ २०८०, १२ : ३९

प्रतिक्रिया