सेरेसको नयाँ शोरुम पानीपोखरीमा

मंगलबार, २६ भदौ २०८०, १८ : १२

काठमाडौँ - नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड सेरेसका कारहरु बिक्री गर्न काठमाडौंको पानीपोखरीमा नयाँ शोरुम सञ्‍चालनमा आएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि अटो कर्पले मंगलबार उक्त नयाँ शोरुमको उद्घाटन गरेको हो ।

 शोरुम उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्धक निर्देशक विष्णुकुमार अग्रवाल र सेरेसका चिनियाँ प्रतिनिधिहरुको उपस्थिति थियो । शोरुम एलआरआइ ग्रुपले सञ्‍चालनमा ल्याएको हो । यो सेरेसको लागि स्थानीय डिलर हो।

कम्पनीले नयाँ शोरुममा सेरेस ३ र सेरेस ई–१ मिनी ईभीलाई राखेको छ । यी नयाँ कारलाई कम्पनीले आजबाट शुरु हुने अटो शोमा समेत प्रदर्शनी गर्ने तयारी गरेको छ ।

मंगलबार, २६ भदौ २०८०, १८ : १२

प्रतिक्रिया