रोयल इनफिल्डको सस्तो मोटरसाइकल नेपालमा सार्वजनिक

बुधबार, २७ भदौ २०८०, ०७ : २९

रोयल इनफिल्डको  सबैभन्दा सस्तो मोटरसाइकल नेपालमा सार्वजनिक भएको छ । रोयल इनफिल्डको  आधिकारिक बिक्रेता अल्फा अटोमोटीभले  क्लासिक  ३५० भन्दा कम मूल्यमा हन्टर ३५० सार्वजनिक गरेको हो । कम्पनीले नाडा  अटो शोमा  हन्टर ३५० सार्वजनिक गरेको हो ।
 
४ लाख ५९ हजार रुपैयाँमा सुरुवाती मूल्यमा हन्टर सार्वजनिक गरेको हो भने यसको टप भेरियन्टको  मूल्य ४ लाख ७९ हजार रुपैयाँ निर्धारण गरेको हो ।
 यो सँगै हन्टर ३५० रोयल इनफिल्डको  सबैभन्दा कम मूल्यको मोटरसाइकल भएको छ । यो इन्जिनसँग ५ स्पिडको गियर बक्स उपलब्ध छ

 हन्टर रेट्रो,  हन्टर मेट्रो दुई भेरियन्टमा  विभिन्न कलर अप्सन पाउन सकिन्छ। हन्टर रेट्रो  यसको बेस भेरियन्ट  हो । यसको फ्रन्टमा  डिस्क र गियरमा ड्रम ब्रेक पाउन सकिन्छ । बेस भेरियन्टमा बेसिक इन्भेस्टमेन्ट क्लस्टर  मात्रै छ । रोयल इनफिल्डले  हन्टरमा पनि ३५० सिसी क्षमताकै इन्जिन दिएको छ ।

कम्पनीले मेटिएर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको हो । रोयल इनफिल्डको  नयाँ प्लेटफर्म जे सिरिजको इन्जिन हन्टरमा उपलब्ध छ । हन्टरमा रहेको ३४९ सिसीको सिङ्गल सिलिन्डर फ्यूल  इन्जेक्ट  एसओएचसी   एयर एन्ड आलय कुल्ड  इन्जिनले अधिकतम ६१०० आरपीएममा  २०.२ हर्सावर र ४००० आरपीएममा  २७ न्युटन मिटर टक्र जेनेरेट  गर्छ । 

बुधबार, २७ भदौ २०८०, ०७ : २९

प्रतिक्रिया