कहाँ कहाँ बढ्यो आई फोनको मूल्य ? किन सस्तो बेलायतमा ?

७ महिना अगाडि

एप्पल कम्पनीले लेटेस्ट मोडेल आइफोन १५ को मूल्य एसियली मुलुकमा झनै बढाएको छ। एसियाली देश भारत, चीन र जापानमा एप्पल कम्पनीका उत्पादनको मूल्य बढाइएको छ।

 तर, अमेरिकामा भने एप्पलका कम्पनीका सबै प्रडक्टकको मूल्यलाई स्थिर राखिएको छ। चीनमा एप्पल कम्पनीको कुल बिक्रीको २० प्रतिशत बिक्री हुने गर्छ। आइफोन १५ मूल्य अमेरिकामा भन्दा चीनमा ४१ डलर बढी पर्ने कम्पनीले जनाएको छ।

भारतमा पनि आइफोन १५ को मूल्य १ हजार ६२७ डलर अर्थात अमेरिकमा भन्दा ६० डलर बढी पर्नेछ। एप्पलले हाल एसियाली मुलुकमा भारतलाई बढी टार्गेट गरेको छ। बेलायतका ग्राहकलाई भने नयाँ मोडेलको आइफोन १ हजार ५९ डलरमै उपलब्ध हुनेछ।

यसरी भारत र चीनमा एप्पल कम्पनीका उत्पादनको मूल्य बढी हुनुमा यी देशको मुद्राको डलरसँग अस्थिर विनिमय दर रहेको एप्पल कम्पनीले जनाएको छ। 

७ महिना अगाडि

प्रतिक्रिया