अप्रिलिया एसआर १६० नेपाली बजारमा

विहीबार, २८ भदौ २०८०, १५ : १३

काठमाडौं- नयाँ अप्रिलिया एसआर १६० नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले नाडा अटो शोको अवसरमा स्कुटर सार्वजनिक गरेको हो । यसको मूल्य ३ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यो नयाँ स्कुटरमा शक्तिशाली १६० सिसी इन्जिन जडान गरिएको छ । यसले मात्र ७।५ सेकेन्ड भित्रै ० देखि ६० किलोमिटर प्रति घण्टा गती पकड्न सक्ने बताइएको छ । यसमा पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरू पाउन सकिन्छ ।

स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिंगका कारण एसआर १६० नेपाली स्कटर पारखीहरुका लागि एक उचित विकल्प बन्ने कम्पनीको भनाई छ ।

विहीबार, २८ भदौ २०८०, १५ : १३

प्रतिक्रिया